Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रीन्सिपल आतंक : शुल्क तिर्न ढिलाहुदा विद्यार्थीको परिवारैमाथि कुटपिट ।

प्रीन्सिपल आतंक : शुल्क तिर्न ढिलाहुदा विद्यार्थीको परिवारैमाथि कुटपिट ।

  • 598
    SHARES

  • प्रीन्सिपल आतंक : शुल्क तिर्न ढिलाहुदा विद्यार्थीको परिवारैमाथि कुटपिट ।

    सिराहा - मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले युकेजी (UKG )का विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला गरेको भन्दै  विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट गरेका छन।

    मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत नवीनकुमार साहका अभिभावकमाथि कुटपिट गरेका हुन् ।

    प्रिन्सिपल साहले रामकुमारका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । कुटपिटबाट अशोकको टाउकोमा चोट लागेको छ । सरिताको हात भाँचिएको र टाउकोसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

    दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको छ । अन्य सामान्य घाइतेको मिर्चैयामै उपचार भइरहेको छ । कुटपिटपछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    ‘युकेजीमा पढ्ने विद्यार्थीका अभिभावकले विद्यालयलाई करिब ५–६ हजार रुपैयाँ तिर्न बाँकी रहेछ,’ डिएसपी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम किन नतिरेको भन्दै प्रिन्सिपल रामकुमार साहले विद्यार्थीका बाबु, आमा र दुई दिदीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

    प्रिन्सिपल साह मंगलबार मिर्चैया नगरपालिका– १० मथलेश्वर बजारमा पानपसल सञ्चालन गर्दै आएका अशोकसँग पैसा माग्न उनको पसलमै पुगेका थिए । स्थानीयका अनुसार कोरोना महामारीका कारण व्यवसाय राम्रोसँग चल्न नसक्दा आर्थिक समस्या परेको भन्दै अशोकले केही समय पर्खन आग्रह गरेका थिए ।

    तर, प्रिन्सिपल साहले अहिले नै पैसा चाहिने भन्दै अपशब्द प्रयोग गरी एक्कासि कुटपिट गरेको स्थानीयको भनाइ छ । नजिकै रहेका परिवारका सदस्यले झगडा छुट्याउन लाग्दा साहले उनीहरूलाई समेत कुटपिट गरेर घाइते बनाएका थिए । #नयाँ पत्रीकाबाट ! 


    images
    शुक्रवार, श्रावण २९ २०७८१०:३८:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार