शुक्रवार, श्रावण २९ २०७८
नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आन्दोलन अन्तरगत प्रधानमन्त्री निवासमा धर्ना दिने कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ ।
पुर्व घोषित आन्दोलनको तयारीमा रहेका शिक्षकहरु टंगाल माध्यमिक विद्यालयमा भेला भै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताए।
यता प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकको आजको कार्यक्रम् तितरवितर भएको महासंघले जनाएको छ ।
पक्राउ गरिएका शिक्षकहरुमा शंकर अधिकारी, सोमनाग गिरी, मेघनाथ यादव, झंक चौलागाइँ, कुमार बजगाईँ, जमुना कुँवर, अनन्तराम पन्त, पुष्प न्यौपाने, बाबुहरि मरासिनी, भीम पोखरेल, दिवसबाबु पोखरेल, भेषराज शर्मा, डिपी लामिछाने, विना देउजा, राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, यम.पि भुसाल, पूर्णप्रसाद दवाडी, शेरबहादुर अधिकारी, राजन अम्गाइ, छायाँ रेग्मी, बासुदेव खनाल, कमाल दिन मिया, रामप्रसाद रिमाल, सहदेव साखकर्मीलगायत छन्।
विभिन्न ३४ वुँदे मागहरु राखी आन्दोलनमा रहेका शिक्षकहरुको चौथो चरणको अन्तिम कार्यक्रमको रुपमा हेरिएको थियो।
यता शिक्षक प्रतिनिधि हरुले भने शिक्षकहरुका मागहरु समाधानका लागि प्रदर्शनको तयारीका क्रममा रहेका शिक्षकलाई विद्यालय हाताबाटै नियन्त्रणका लिनु निन्दनीय भएको बताएका छन ।