Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबिद्वारा २५ क्याम्पसको सम्बन्धन खारेज !

त्रिबिद्वारा २५ क्याम्पसको सम्बन्धन खारेज !

  • 1.2K
    SHARES

  • त्रिबिद्वारा २५ क्याम्पसको सम्बन्धन खारेज !

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ। त्रिवि योजना निर्देशनालयले देशैभरी २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको जनाएको हो।

    सम्बन्धन खारेज हुनेमा सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मात्रै १५ क्याम्पस को सम्बन्धन खारेज भएको बताइएको छ।

    त्रिविका अनुसार जनता बहुमुखी क्याम्पस अछाम, पाटन बहुमुखी क्याम्पस बैतडी, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ।

    यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेल्धुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ। 

    त्रिभुवन बिश्वबिद्धालयको सम्बन्धन खारेज भएपछी २५ वटै क्याम्पस हरु मध्ये १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएको त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीले बताए। 

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार