Jul 27 2026 | २०८३, श्रावण ११ गते

नगरभित्र रहेका ६४ विद्यालयलाई ल्यापटप वितरण

नगरभित्र रहेका ६४ विद्यालयलाई ल्यापटप वितरण

  • 843
    SHARES

  • नगरभित्र रहेका ६४ विद्यालयलाई ल्यापटप वितरण

    सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाले आफ्नो पालिका भित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिका भित्र रहेका प्रतिविद्यालयलाई एक वटाको दरले ल्यापटप वितरण गरिएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

    कोभिडको कारण शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन यस्तो कार्य गरिएको उनको भनाई रहेको छ ।

    शिक्षालाई प्रविधिमैत्री बनाउन आगामी दिनमा यस कार्यलाई निरन्तरता दिईने र यसको सही सदुपयोगले शिक्षाको गुणस्तरीयता कायम राख्न सहयोग गर्ने विश्वास नगरपालिकाले लिएको छ ।

     

    images
    बिहिवार, भाद्र ३ २०७८०८:११:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार