Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री देउवा र डा. गोबिन्द केसिबिच छलफल : प्र.म.द्वारा माग सम्बोधन गर्ने प्रतिबद्धता ।

प्रधानमन्त्री देउवा र डा. गोबिन्द केसिबिच छलफल : प्र.म.द्वारा माग सम्बोधन गर्ने प्रतिबद्धता ।

  • 887
    SHARES

  • प्रधानमन्त्री देउवा र डा. गोबिन्द केसिबिच छलफल : प्र.म.द्वारा माग सम्बोधन गर्ने प्रतिबद्धता ।

    काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसी बिच छलफल भएको छ। छलफलका क्रममा प्र.म. देउवाले डाक्टर केसिले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

     बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डाक्टर केसिको माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन्।

    प्रधानमन्त्री देउवा  संगको सहमति भएपछि डा. केसीले घोषणा गरेको आमरण अनसन स्थगन गर्ने बताइएको छ। यसअघि डाक्टर केसीले भदौ ३ गतेदेखि अनसन बस्ने घोषणा गरेका थिए। 

     

    डाक्टर केसि संगको छलफल पछि प्रधानमन्त्रीले गरेको प्रतिवद्धता यस्तो छन।

    १.सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने। स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

    २.बिपी कोइराला स्वा. वि. प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने।

    ३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ  प्रक्रिया अघि बढाउने।

    ४ प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने। चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले के हामीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने

     

    images
    बिहिवार, भाद्र ३ २०७८१०:१९:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार