Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबि र तेल अविव विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर ।

त्रिबि र तेल अविव विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर ।

  • 720
    SHARES

  • त्रिबि र तेल अविव विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर ।

    त्रिभुवन विश्वविद्यालय र  तेल अविव विश्वविद्यालय इजरायलका बीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यले जानकारी दिइन् ।

    इजरायलको तेल अविव विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा.शिवलाल भुसाल र  इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए ।

    शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबीच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।

    सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेल अविव विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो ।

    समझदारीपत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा.बु्ररिया एडिनीले हस्ताक्षर गरेका थिए । #रासस 

     

    images
    बिहिवार, भाद्र ३ २०७८१०:५६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार