शनिवार, भाद्र ५ २०७८
काठमाडौंः पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन्।
चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।
कार्यक्रममा ओलिले भने ‘वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकासप्रेमी साथीहरूलाई सबै सहयोगी हातहरू जसरी अगाडि बढाउनुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरैधेरै धन्यवाद, तपाईंहरू अझै ठूला काममा सफल हुँदै जानुहाेस् शुभकामना ।’
उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए।
यसअघि आफू प्रधानमन्त्री हुदा समेत शिक्षा र शिक्षण प्रक्रिया लाई बैज्ञानिक र माटो सुहाउँदो बनाउनेपर्ने धारणा व्यक्त गर्दै आएका थिए !