आइतवार, भाद्र ६ २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको शिक्षासात्र संकाय प्रथम समेस्टरमा भर्नाका लागि अनलाइन फारम बुझाउने म्याद थप गरेको छ ।
बिश्वबिद्धालय अन्तर्गत शिक्षाशास्त्र संकायको डिन कार्यलयले एक सूचना जारी गर्दै भदौ ३१ सम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।
अनलाइन आवेदन फारम यस संकायको वेबसाइट http://www.tuofoe.edu.np मा गई इन्ट्रान्स रजिस्ट्रेसन गरी भर्न सकिने व्यवस्था छ । यसका साथै वेबसाइटबाट फारम भर्न असमर्थ विद्यार्थीहरुले आफूले पढ्न चाहेको क्याम्पसमा भौतिक रुपमा सम्पर्क गरी फारम भर्ने व्यवस्था गरिएको जनाइएको छ ।
भदौ ३१ सम्म फारम नबुझाउने विद्यार्थीले दोब्बर रकम तिरी असोज ५ सम्म फारम बुझाउन सक्नेछन् ।
