Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिधालय शिक्षा !

संसदीय समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै गर्न सरकारलाई दियो निर्देशन ।

संसदीय समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै गर्न सरकारलाई दियो निर्देशन ।

  • 898
    SHARES

  • संसदीय समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै गर्न सरकारलाई दियो निर्देशन ।

    काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ ।

    मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

    समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।

    त्यसैगरी समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिए । त्यस्तै समितिकी अर्की अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताइन् । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उनको भनाइ छ ।

    यसअघि कोरोना संक्रमणदर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरेको थियो।

    राष्ट्रिय परिक्षा बोर्डले भने कोभिड -१९ विरुद्धको खोप लगाएर भएपनी पुर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गरेर दशै अघि नै परिक्षा गर्ने तयारी रहेको बताइएको छ। 

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार