Jul 27 2026 | २०८३, श्रावण ११ गते

अखिल ( क्रान्तिकारी ) ले गर्‍यो पेट्रोलियम पदार्थ मूल्य वृद्धि विरुद्ध प्रदर्शन ।

अखिल ( क्रान्तिकारी ) ले गर्‍यो पेट्रोलियम पदार्थ मूल्य वृद्धि विरुद्ध प्रदर्शन ।

  • 802
    SHARES

  • अखिल ( क्रान्तिकारी ) ले गर्‍यो पेट्रोलियम पदार्थ मूल्य वृद्धि विरुद्ध प्रदर्शन ।

    काठमाडौ -  अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै प्रदर्शन गरेको छ । बिप्लव नेकपा निकट अखिल (क्रातिकारि) ले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि  विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    Screenshot_20210824-193403_Facebook.jpg

    Screenshot_20210824-193526_Facebook.jpg

    प्रदर्शनमा सहभागीहरुले ‘सरकार फेरिए– जनजीविका फेरिएन’, ‘दलाल संसदीय व्यवस्था–मुर्दावाद’, वैज्ञानिक समाजवाद स्थापना गरौँ लगायतका नारा लगाएका थिए ।

     त्यसैगरी  क्रान्तिकारी विद्यार्थी संगठन कैलालीले समेत पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध धनगढीमा प्रदर्शन गरेको छ ।

    बिरोध प्रदर्शन कार्यक्रम लाई अखिल ( क्रान्तिकारी) का केन्द्रिय सदस्य तिलख कुवर ले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै कुवरले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरे । 

    उक्त कार्यक्रम लाई संगठनका जिल्ला संयोजक सुवास किरण जोशीले सन्चालन गरेका हुन् । सोमबार राति बाट लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा प्रति लिटर २ रुपैयाँ र खाना पकाउने एलपि ग्यासमा २५ रुपैयाँ वृद्धि गरेको छ । FB_IMG_1629804016096.jpg

    यस अधि मूल्य वृद्धि बिरुद्ध सत्तारुढ दल निकट ५ विद्यार्थी संगठनले समेत एक बिग्यती जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ताको माग गरेका छन ।

    हेर्नुस ५ विद्यार्थी संगठन द्वारा जारी गरिएको बिग्यप्ती

    FB_IMG_1629804435403.jpg

    images
    मंगलवार, भाद्र ८ २०७८०५:१३:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार