Jul 27 2026 | २०८३, श्रावण ११ गते

मंगल उ.मा.वि. ले गर्यो शिक्षक शिक्षिकालाई ल्यापटप वितरण ।

मंगल उ.मा.वि. ले गर्यो शिक्षक शिक्षिकालाई ल्यापटप वितरण ।

  • 2.4K
    SHARES

  • मंगल उ.मा.वि. ले गर्यो शिक्षक शिक्षिकालाई ल्यापटप वितरण ।

    काठमाडौ - कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक विद्यालयका २५ जना शिक्षक शिक्षिकाहरुलाई ल्यापटप बितरण गरेको छ। 

    वडा नम्बर १० का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको सभापतित्वमा ल्यापटप वितरण गरिएको हो।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु संघरत्न बज्राचार्य, महालक्ष्मी रंजित, दिलीपकुमार महर्जन अतिथिको रुपमा उपस्थित भएका थिए ।

    ल्यापटप बितरण पछि मंगल उमाविका प्रधानाध्यापक लोकलाल महर्जनले स्कूललाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो 'लकडाउनको अवस्थामा शिक्षक शिक्षिकालाई अनलाईन कक्षा संचालन गर्न सहज हुने  र शिक्षण सिकाइ समेत प्रभावकारी  हुनेछ।'

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं ल्यापटप खरिद संयोजक संघरत्न बज्राचार्यले आफ्नो मन्तव्य राख्ने क्रममा वितरित ल्यापटप स्कूलको सम्पत्ति ठानी लापरवाही नगर्न र आफ्नै सम्झी सुरक्षित तवरले प्रयोग गर्न शिक्षक शिक्षिकसमक्ष आग्रह गर्नुभयो ।

    ल्यापटप वितरण कार्यक्रममा कार्यक्रमका सभापति एवं १० वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनले शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरेको प्रमुख उद्देश्य भनेकै विद्यालयलाई प्रविधिमैत्री वातावरणसंघ घुलमिल गराउनु हो भन्नु हुँदै ल्यापटप बिग्रे बनाउने जिम्मा स्वयं शिक्षक शिक्षिका हुने र ल्यापटप जतनका साथ चलाउन आग्रह गर्नुभयो ।

    उहाँले अनलाईन कक्षाको समय कुनै विद्यार्थीले नकारात्मक कार्य गरेको खण्डमा अनलाईन क्लासबाट हटाउन सक्ने र अटेर गरी त्यस्ता नकारात्मक क्रियाकलाप गरिरहे विद्यालयबाटै हटाउन सक्ने धारणा राख्नु भयो ।

    यस अघि अध्यक्ष महर्जनले  कीर्तिपुरमा रहेका सामुदायिक विद्यालयहरुलाई २५ वटा डेस्कटप समेत वितरण गरेका थिए ।

     

    images
    बुधवार, भाद्र ९ २०७८०३:०१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार