Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षण (ट्युसन) शुल्क बाहेक अतिरिक्त शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन ।

शिक्षण (ट्युसन) शुल्क बाहेक अतिरिक्त शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन ।

  • 1.0K
    SHARES

  • शिक्षण (ट्युसन) शुल्क बाहेक अतिरिक्त शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन ।

    काठमाडौ - नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी  मन्त्रालयले विश्वविद्यालयहरुलाई कोभिड -१९ सङ्क्रमण कायमै रहेको अवस्थामा शिक्षण शिकाइ बाहेक अन्य क्रियाकलाप  शुल्क नलिन पत्राचार मार्फत निर्देशन दिएको छ।

    मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन अनुसार सचिवस्तरीय निर्णय गरी विश्वविद्यालयलाई शिक्षण (ट्युसन) शुल्क बाँहेक अन्य शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

    त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयहरुलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको मन्त्रालयले जानकारी दियो ।

    यस अघि निजि इन्जिनियरिङ कलेज का विद्यार्थीहरुले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा गरेको आन्दोलन को सुनुवाइ गर्दै मन्त्रालयले कलेजहरुको विवादित शुल्कको विषयमा कोभिड १९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य भौतिक क्रियाकलाप नभएकोले शिक्षण शुल्क बाहेक अन्य शुल्क नलिने व्यवस्था गर्ने मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

    यसअघि मंगलबार मात्रै संसदको शिक्षा तथा स्वास्थ्य  समितिका अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको वैठकले कोभिडको समयमा ट्युसन फि मात्रै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    मन्त्रालयले बिश्वबिद्धालयहरुलाइ गरेको पत्राचार यस्तो छ।

    FB_IMG_1629953891633.jpg

    images
    बिहिवार, भाद्र १० २०७८१२:५२:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार