बिहिवार, भाद्र १० २०७८
लहान । सिरहा जिल्ला भरिका संस्थागत विद्यालयहरु बिहिबार खुल्ने भएका छन । यो संगै कक्षा ६ देखि कक्षा १२ सम्मको विद्यार्थीहरु को भौतिक उपस्तिथि मै पढाई हुनेछ ।
कोभिड–१९ बाट सम्भावित संक्रमणको जोखिम नहोस भनेर विद्यालयमा स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्ने जनाएको छ ।
लहान स्थित उद्योग वाणिज्य संघको हलमा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र व्याव्सनका जिल्ला अध्यक्ष लालबाबु रायले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरी विद्यालय खोल्ने बारे जानकारी दिएको छ ।
बिग्यप्तीमा नियमित रुपमा कक्षा सञ्चालन नहुनु, कक्षा १०(एसईई) परिक्षा गत वर्ष र यसवर्ष पनि नहुनु, अरु तहका परिक्षा पनि मापदण्ड बमोजिम नहुनुका कारण शिक्षाको गुणस्तरमा हस आएको उल्लेख छ ।
‘विद्यालयमा पठन–पाठन धेरैदिन रोकिएका कारण सम्पूर्ण बालबालिकामा नाकारात्मक प्रभाव पर्न थालेको अभिभावकहरुबाट गुनासो आएको छ,’नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा मेरि चिल्ड्रेन स्कुलका लहानका प्रिन्सिपल पाण्डव हमाल ठकुरीले भने,‘पढाई प्रतिको लगनमा दीर्घकालिन असर पर्न थालेको देखिएको छ । किशोर अवस्थाका विद्यार्थीहरु कुलतमा फस्दै गएको छ ।’ शिक्षाप्रति संवेदनशील नहुने हो भने आउने पुस्ताको भविष्य बिग्रिने खतरा बढेको उनको भनाई छ ।
सिरहासहित प्रदेश दुईका अन्य जिल्लामा पनि पढाई सञ्चालन भएको र बाँकी रहेको ठाउँमा पढाई स्वास्थ्य मापदण्ड पुरा अबिलम्ब सञ्चालनमा आउने पर्ने एनप्याव्सनका केन्द्रिय सल्लाहाकार हमालले बताए । विद्यालय सञ्चालनका विषयमा स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल गरेको उनले जनाए ।
यसैबीच लहान नगरपालिकाले भदौँ १३ गते सम्ममा स्वास्थ्य मापदण्ड पुरा गरी सामुदायिक र संस्थागतलगायत सबै विद्यालय सञ्चालन गर्न निर्णय गरेको छ ।
१.विद्यालय गेटमा प्रत्येक शिक्षक/कर्मचारी/विद्यार्थीको थर्मल गनबाट तापक्रम मापन गरिनेछ र १००.४ भन्दा बढी तापक्रम भएका वा रुघाखोकी लागेको पाइएमा तुरुन्त घर फिर्ता पठाइनेछ । अनिवार्य मास्कको प्रयोग गराइनेछ ।
२. विद्यालय परिसरमा प्रवेश गर्ने बितिकै साबुनपानीले हात धुने र सेन्टिाइजरको प्रयोग अनिवार्य व्यवस्था मिलाइनेछ ।
३.कक्षा कोठालाई प्रत्येक दिन सेन्टिाइज गरिनेछ र सफासुग्घर राखिेनछ ।
४. प्रत्येक बेन्चमा २/३ जना मात्र विद्यार्थी राखेर कक्षा सञ्चालन गरिनेछ ।
५. प्रत्येक कक्षाको इन्टर्भलमा साबुनपानीले हात धुने वा सेन्टिाइजर गर्ने व्यवस्था मिलाइनेछ ।
१. बसमा प्रवेश गर्नुभन्दा पहिले थर्मल गनबाट तापक्रम मापन गरिनेछ र १०० डिग्री भन्दा भन्दा बढी तापक्रम भएमा वा रुघाखोकी लागेको पाइएमा बसमा प्रवेश दिइने छैन् ।
२. सिटको क्षमता बमोजिम मात्र विद्यार्थी राखिनेछ ।
१. विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को तफा ११ बमोजिम प्रत्यक्ष साक्षात्कार माध्यमबाट कक्षा ६ देखि १२ सम्मको पठन पाठन कार्य सुचारु गरिनेछ । अन्य कक्षा अर्को हप्ताबाट आवश्यक समन्वय गरी सञ्चालनमा ल्याइनेछ ।
२. विद्यार्थी केन्द्रित सिकाई पद्धतिको अबलम्बन गरिनेछ । विद्यालय सञ्चालन बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै ।