शनिवार, भाद्र १२ २०७८
काठमाडौं/१२ भदौ - सत्तारुढ दल नेपाली काँग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्ताविक प्रतिवेदन तयार गरेको छ ।
काँग्रेसको शिक्षा विभागले विभिन्न शिक्षाविद् एवम् विज्ञहरुको सल्लाहलगायत पार्टीको दार्शनिक एवम् सैद्धान्तिक दस्तावेज एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुको अध्यन पश्चात् राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिबेदन तयार पारिएको र प्रतिवेदन नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा दर्ता गराई मुख्य सचिवलाई हस्तान्तरण गरिसकिएकोले आज नेपाली पार्टीको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिनु भयो ।
त्यसैगरी प्रस्तावित राष्ट्रिय शिक्षा नीति केन्द्रीय समितिको बैठकमा छलफल गरी पारित गराउने र आगामी चौधौं केन्द्रीय महाधिवेशनमा समेत प्रस्तुत गर्ने बिषयमा छलफल गरिएको बताइएको छ ।