Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने कांग्रेसको प्रस्तावित शिक्षा नीति। (प्रतिवेदन सहित )

शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने कांग्रेसको प्रस्तावित शिक्षा नीति। (प्रतिवेदन सहित )

  • 609
    SHARES

  • शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने कांग्रेसको प्रस्तावित शिक्षा नीति। (प्रतिवेदन सहित )

    सत्तारुढ दल नेपालि कांग्रेसले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव सहित आफ्नो दलको प्रस्तावित राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ। कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति-२०७८’ को प्रतिवेदनमार्फत यस्तो प्रस्ताव गरेको हो।

    विभिन्न शिक्षाविद् एवम् विज्ञहरुको सल्लाहलगायत पार्टीको दार्शनिक एवम् सैद्धान्तिक दस्तावेज एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुको अध्यन पश्चात् राष्ट्रिय  शिक्षा नीतिको प्रस्तावित प्रतिबेदन तयार पारिएको बताइएको छ। कांग्रेस शिक्षा विभागद्वारा शनिबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ, “शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने।”

    पार्टीको केन्द्रीय सदस्य हरिप्रसाद नेपालको नेतृत्वमा तयार भएको प्रतिवेदनमा शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप हुनबाट रोक्नुपर्ने उल्लेख छ।

    प्रतिवेदनमा शिक्षा प्रणालीलाई ज्ञान व्यवस्था तथा ज्ञान अर्थ व्यवस्थामा आधारित बनाई प्रजातान्त्रिक आचरण भएको सामाजिक रुपान्तरण, आर्थिक विकास र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादनमा जोडदिनुपर्ने उल्लेख गरिएको छ।

    प्रस्तावित राष्ट्रिय शिक्षा नीति कांग्रेसको १४औं महाधिवेशनमा छलफल हुने र त्यसबाट पारित भएपछि मात्रै लागु हुने केन्द्रीय सदस्य नेपालले जानकारी दिए।

    हेर्नुस नेपाली कांग्रेसको प्रस्तावित राष्ट्रिय शिक्षा नीति २०७८ को प्रतिवेदन ।

     

    Screenshot_20210828-184339_Facebook.jpgScreenshot_20210828-184407_Facebook.jpgScreenshot_20210828-184426_Facebook.jpgScreenshot_20210828-184442_Facebook.jpgScreenshot_20210828-184457_Facebook.jpgScreenshot_20210828-184512_Facebook.jpgScreenshot_20210828-184528_Facebook.jpgScreenshot_20210828-184544_Facebook.jpg

    Screenshot_20210828-184559_Facebook.jpg

    images
    शनिवार, भाद्र १२ २०७८०८:०९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार