Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिप्लव विद्यार्थीको १२ बुदे माग : चर्को शुल्क खारेजी देखि कक्षा १२ को परीक्षा सिघ्र सन्चालन गर्नुपर्ने। [बिज्ञपति सहित]

बिप्लव विद्यार्थीको १२ बुदे माग : चर्को शुल्क खारेजी देखि कक्षा १२ को परीक्षा सिघ्र सन्चालन गर्नुपर्ने। [बिज्ञपति सहित]

  • 927
    SHARES

  • बिप्लव विद्यार्थीको १२ बुदे माग : चर्को शुल्क खारेजी देखि  कक्षा १२ को परीक्षा सिघ्र सन्चालन गर्नुपर्ने। [बिज्ञपति सहित]

    काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड 19 जोखिम का बेला शिक्षण सँस्था संचालन नहुदा समेत विभिन्न बाहनामा निजि बिद्यालयहरुद्वारा असुलिने शुल्क खारेज गर्नु र कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर यथाशीघ्र सञ्चालन गर्न माग गरेको छ । 

    अखिल क्रान्तिकारीले आज रिपोर्टस् क्लबमा गरेको पत्रकार सम्मेलन मार्फत एक बिग्यप्ती जारी गर्दै विभिन्न १२ बुदे मागपत्र मार्फत शैक्षिक संस्थाहरुले महामारी अवधिको शुल्कमा न्युनतम ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले जानकारी दिए ।

    त्यसैगरी संगठनले सम्पूर्ण विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

    विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागवण्डा खारेज गर्नुपर्ने लगायत माग समेत अखिल क्रान्तिकारीले अघि सारेको छ ।

    यस्तै अखिल क्रान्तिकारीका महासचिव शाहीले देशभरका विश्वविद्यालयमा भएको बेरुजुका सन्दर्भमा तत्काल छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा तत्काल पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न सरकारलाई माग गरेको छ ।

    त्यसैगरी अखिल क्रान्तिकारीले असोज ६,७ र ८ गते बैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ती  हाम्रो आन्दोलन ! बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२ औं राष्ट्रिय सम्मेलन !!   भन्ने मुल नाराका साथ पोखरामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

    यस्तो छ ज्ञापनपत्र

    Screenshot_20210829-205904_Facebook.jpg

    Screenshot_20210829-205935_Facebook.jpg

    images
    आइतवार, भाद्र १३ २०७८१०:१५:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार