Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकाका प्रजीअहरूकाे बैठक बस्दै: शिक्षणसंस्था संचालनबारे निर्णय हुनसक्ने।

उपत्यकाका प्रजीअहरूकाे बैठक बस्दै: शिक्षणसंस्था संचालनबारे निर्णय हुनसक्ने।

  • 759
    SHARES

  • उपत्यकाका प्रजीअहरूकाे बैठक बस्दै: शिक्षणसंस्था संचालनबारे निर्णय हुनसक्ने।

    काठमाडौं- जारी रहेको लकडाउन तथा लामो समयदेखि बन्द रहेका शिक्षण सँस्था संचालन बारे  उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

    बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गोरखापञ अनलाईनलाई जानकारी दिनुभयो ।

    त्यसैगरी उपत्यकाको निषेधाज्ञा आज राति १२ बजेबाट सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उहाँले बताउनुभयो ।

    पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै  विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा समेत बैठकले निर्णय गर्ने बताइएको छ।

    यसअघि  “उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरीरहेको अवस्था छ । आजको बैठकमा जोखिमको मूल्याङ्कन हेरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा निष्कर्ष निकालिने बताइएको छ।

     

    images
    बुधवार, भाद्र १६ २०७८१२:३५:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार