Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परीक्षा भदौ ३० बाट गरिने । [तालिका सहित]

कक्षा १२ को परीक्षा भदौ ३० बाट गरिने । [तालिका सहित]

  • 1.1K
    SHARES

  • कक्षा १२ को परीक्षा भदौ ३० बाट गरिने । [तालिका सहित]

    काठमाडौं - कोभिड - १९ को जोखिम को कारण देखाउदै गत साउनमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गते हुने भएको छ ।

    परीक्षा बोर्डको आज बसेको बैठकले भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । परिक्षा होम सेन्टर मै हुने समेत जानकारी दिएको छ।

    कोभिड -१९ संक्रमणबाट सुरक्षित हुनेगरि स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

    कक्षा १२ मा झण्डै चार लाख विद्यार्थी छन् । पटक पटक स्थगित हुदा विद्यार्थी हरुको भबिस्य मथी नै खेलवाड भएको भन्दै सरकारको आलोचना पनि भएको थियो ।

    यस अघि गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि पुन: कोरोना संक्रमण उच्च जोखिम भएपछि रोकिएको थियो ।

    बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ । 

    यस्तो छ तालिका ।

     

    FB_IMG_1630505079187.jpg

     

    images
    बुधवार, भाद्र १६ २०७८०७:३७:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार