Jul 27 2026 | २०८३, श्रावण ११ गते

म्याग्दी ग्रामिण क्षेत्रका बिद्यालय खुले : काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्ने

म्याग्दी ग्रामिण क्षेत्रका बिद्यालय खुले : काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्ने

  • 579
    SHARES

  • म्याग्दी ग्रामिण क्षेत्रका बिद्यालय खुले : काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्ने

    म्याग्दी- लामो समय देखि बन्द रहेका म्याग्दीमा बिद्यालय खुल्न थालेकाछन । करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

    म्याग्दी सदरमुकाम बेनि बजार बाहेक अरु ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका जनाइएको छ।

    सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको बताइएको छ। । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो ।

    अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कोरोना सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको बताए । कार्यपालिकाको निर्णयअनुसार १० वटा माविसमेत सबै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेको बताइएको छ।

    न्यून विद्यार्थी भएको बिद्यालय नियमित र केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा संचालन भएकाछन ।

    काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्ने ।

    त्यसैगरी काठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी गरेको छ। सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने स्वीकृति दिएपछि महानगरले विद्यालय खोल्ने तयारी थालेको हो ।

    शिक्षा समितिका पदाधिकारीसँग छलफल गरी अर्को हप्तादेखि विद्यालय खोल्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । ‘हिजो जिल्ला प्रशासन कार्यलयले स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्देशन दिएपछिशिक्षा समितिका पदाधिकारीसँग विभागले छलफल अघि बढाएको हो । संक्रमणको अवस्था र सरोकारवालको सुझावलाई ध्यानमा राखेर विद्यालयमा सञ्चालनमा ल्याइने शिक्षा विभागले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार डीसीसीएमसीसंग समन्वय गरेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने स्मार्ट लकडाउनको प्रावधानले गरेको व्यवस्था अनुसार सक्ने निर्देशन भएपछि विद्यालय सञ्चालनका लागि गृहकार्य सुरु भएको शिक्षा विभागले जानकारी दियो ।

     

    images
    बिहिवार, भाद्र १७ २०७८०२:४९:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार