Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षक सेवा आयोग !

शिक्षकसेवा आयोगको नियमावली संशोधन नहुँदा लाइसेन्स र शिक्षकको खुला विज्ञापन गर्न ढिलाइ ।

शिक्षकसेवा आयोगको नियमावली संशोधन नहुँदा लाइसेन्स र शिक्षकको खुला विज्ञापन गर्न ढिलाइ ।

  • 1.3K
    SHARES

  • शिक्षकसेवा आयोगको नियमावली संशोधन नहुँदा लाइसेन्स र शिक्षकको खुला विज्ञापन गर्न ढिलाइ ।

    काठमाडौं- कुनै पनि संघ, सँस्था वा प्रतिस्ठानमा लामो समय पदाधिकारी नहुदा ती सँस्थाहरुको प्रणाली नै बन्द भै सकेको हुन्छ । अर्को तरिका बाट भन्दा अक्सिजन दिमुपर्ने अवस्थाको मानिस लाई अक्सिजन दिइदैन भने त्यसको मृत्यु नै हुन्छ।

    यो अवस्था देशका कौयौ संघ सस्थाहरुको हो। त्यसैमध्य को एउटा सँस्था शिक्षक सेवा आयोग पनि हो। करिब एक बर्ष पदाधिकारी नहुदा शिक्षक सेवा आयोग अत्यन्तै जटिल अवस्थामा पुगेको छ। झन्डै एक बर्ष पछि पदाधिकारी त पायो तर नियमावलि नहुदा शैक्षिक कार्यक्रम र शिक्षक सरुवा, बढुवा, घटुवा र शिक्षक  नभएको ठाउमा स्थाइ शिक्षक प्रतिस्थापन गर्ने कुरामा अनेक झमेला आइरहेको छन।

    जसको कारण शिक्षक सेवा आयोगले खुला विज्ञान र अनुमति पत्रकोको कार्ययोजना सार्वजनिक गर्न सकेको छैन। खुला विज्ञापन र अनुमति पत्रको परीक्षाको पर्खाइमा रहेका शिक्षक तथा विद्यार्थीहरु अन्योलमा परेका छन् । पदाधिकारी नियुक्ति भएको करीब १ महिना पुगि सक्दापनि आयोगले कनै निर्णय गर्न सकेको छैन ।

    यद्यपि आयोगले बाँकि रहेको आन्तिरीक काम भइरहेको र यसअघिका अनुमति पत्रहरुमा भएका त्रुटिलाई सच्याउनु पर्ने भएकोले केहि समय लाग्ने आयोगको भनाई छ ।

    त्यसैगरी लाइसेन्स, बढूवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने भन्दै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाइएको र विचाराधिनमा रहेको जनाएको छ । शिक्षा मन्त्री नभएको र शिक्षा मन्त्रालय प्रधानमन्त्री आफैले समालेका कारण नियमावली संशोधनमा ढिलाई भएको आयोगको तर्क छ ।

    शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले शिक्षा सेवा आयोगको कार्ययोजना लगभग तयार भएको र आन्तिरीक रुपमा प्रयोग गरीएको जनाए । तर प्राविधिक कारणले गर्दा अहिले नै सार्वजनिक गर्न नसकिएको उनले बताए ।

    रेग्मीका अनुसार अघिल्लो वर्षको चेत्र सम्मको विवरण आइसकेको र यो वर्षको चैत्रसम्मको विवरण आए पछि एकैपटक खुला विज्ञापन गरिने जानकारी दिए । तर आएको रिक्त दरबन्दी विवरणलाई खुला,बढुवा, समावेशीमा विभाजन गर्नुपर्ने र त्यसलाई विभाजन गरेर विज्ञापन गरिने उनले जानकारी दिए ।

    छिटो भन्दा छिटो खुला विज्ञापन र अनुमति पत्रको परीक्षा गर्ने गरी तयारी गरिएको भए पनि अहिलेनै समय तोक्न नसकिने जानकारी दिए । उनले भने “हामिले तिब्र गतिमा काम अगाडि बढाएका छौ,शिक्षकहरुको विवरण आउने क्रममा छ र बाँकी सबै कामहरुको व्यावस्थापन गरेर छिटै नै खुला विज्ञापन गर्छौ ।”

    त्यसैगरी शिक्षक विज्ञापन गर्नको लागि निर्माण गर्नु पर्ने बाँकी रहेका पाठ्यक्रमको निर्माण कार्य भइरहेको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । पाठ्यक्रम निर्माण भएको कम्तिमा तिन महिनाको समय राखेर विज्ञापन खोल्नुपर्ने प्रावधान छ ।

    मरहठ्ठाले भने अहिलेनै खुल्ला विज्ञापन खोल्न सकिन्छ भनेर ठ्याक्कै भन्न सकिदैन। उनले भने हामि जति सकिन्छ छिटो गर्ने तयारीमा छौ तर त्यो भन्दा अगाडी पाठ्यक्रम निर्माण, नियमावली संशोधनको काम सकिनुपर्ने हुन्छ त्यसले हामिलाई रोकिराखेको अवस्था छ । त्यसकारणले पनि अहिले समय तोकेर भन्न सक्ने अवस्था छैन ।

    त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले सोमबार भित्र २०७८ चेत्र सम्मको शिक्षकहरुको सबै विवरण आइसक्ने बताएका छन् ।

    आयोगका केहि आन्तरीक काम, पाठ्यक्रम निर्माण, अनुमति पत्रहरुमा भएका त्रुटिलाई सच्याउनु पर्र्ने, नियमावली संशोधन मन्त्री परीषद्बाट पारीत भएर आउनु पर्ने र २०७८ चैत्रसम्ममा रिक्त हुने विवरण आउनुपर्ने र त्यसलाई छुट्टयाउनु पर्ने लगायतका केहि काम गर्नुपर्ने भएकोले छिटै खुला विज्ञापन गर्ने सम्भावना न्युन देखिएको छ ।

     

    images
    आइतवार, भाद्र २० २०७८०९:३४:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार