सोमवार, भाद्र २१ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय पशु चिकित्सा तथा पशुपालन स्नातक (B.V.Sc & A.H) तहमा भर्ना खुलेको छ। कृषि र पशु बिज्ञान अध्यन सँस्थान डिनको कार्यलय ले एक सुचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो।
शैक्षिक शत्र २०७७/७८ को लागि पक्लिहवा क्याम्पसमा आवस्यक न्युनतम शैक्षिक योग्यता प्रमाणपत्र बिझाइ इच्छुक विद्यार्थी हरुको लागि २०७८/०५/२० गतेबाट अनलाइन मार्फत भर्ना आवेदन फारम खुलेको जानकारी दिएको छ। आवेदन फारम शुल्क र परिक्षा शुल्क गरि रु ३५०० को नेपाल बैंक लिमिटेडको खाता नम्बर ०४५००१०६५९८५४३०००००१ मा शुल्क भुक्तानी गरि entrance.iaas.edu.np मा गएर फारम भर्न सकिने छ। आवेदन फारम २०७८/०६/०९ गते राती १२ बजे सम्म भर्न सकिने छ।
त्रिभुवन बिश्वबिद्धालय बाहेक अन्य सँस्था बाट प्रमाणपत्र गरेका आवेदनहरुले भर्नाको समयमा समकक्षता (Ewuivalance) को सक्कल प्रमाणपत्र पेश गर्नुपर्ने छ।



