Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रि.बि. का प्राध्यापक डा. राजेन्द्रप्रसाद पौडेलद्वारा अक्षय कोष घोषणा।

त्रि.बि. का प्राध्यापक डा. राजेन्द्रप्रसाद पौडेलद्वारा अक्षय कोष घोषणा।

  • 503
    SHARES

  • त्रि.बि. का प्राध्यापक डा. राजेन्द्रप्रसाद पौडेलद्वारा अक्षय कोष घोषणा।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत  शिक्षाशात्र संकाय नेपाली विभागका प्राध्यापक डा.  राजेन्द्रप्रसाद पौडेलले विद्यार्थी तथा शिक्षकको प्राज्ञिक वृत्तिका निम्ति रू. ५ लाखको अक्षय कोषको घोषणा गर्नुभएको छ ।

    बिश्वबिद्धालयमा लामो समय प्राध्यापन गरी निवृत्त हुनुभएका पौडेलले विभागको शैक्षिक-प्राज्ञिक उन्नयनका लागि सो कोष खडा गर्नुभएको हो ।

    प्रा.डा. पौडेलसँगै  सहप्रा.डा. नेत्रप्रसाद न्यौपाने पनि विभागबाट निवृत्त हुनुभएको छ । निवृत्त प्राध्यापकहरूको प्राज्ञिक तथा समग्र आगामी जीवन थप रचनात्मक बनोस् भन्दै विभागीय प्रमुख डा. केशव भुसालले प्रा.डा. पौडेलले घोषणा गर्नुभएको अक्षय कोष विभागमा अध्ययनरत तथा प्राध्यापनरत  शिक्षक-विद्यार्थीको शैक्षिक-प्राज्ञिक उन्नयनका निम्ति उपयोग गरिने बताउनुभयो ।

    डा. भुसालले उक्त कोष परिचालनका लागि प्रा.डा. पौडेलको समन्वय तथा विभागमा प्राध्यापनरत प्राध्यापकको सहकार्यमा कोष परिचालन कार्यविधि तयार गरी आवश्यक प्रकृया अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले कोष निर्माण घोषणाले शिक्षक-विद्यार्थीमा थप हौसला प्राप्‍त भएको बताउनुभयो ।

     

    images
    बिहिवार, भाद्र २४ २०७८०३:४६:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार