शुक्रवार, भाद्र २५ २०७८
काठमाडौ - त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका विद्यार्थीहरुले एमसीसी (MCC) को बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमसीसी उपाध्यक्ष फातिमा सुमारको पुत्ला दहन गरेका छन ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु केन्द्रीय सदस्य प्रेम विश्वकर्माको नेतृत्वमा पुत्ला जलाइएको हो । उनीहरुले पुत्ला दहन गर्नुअघि र पछि गो ब्याक फातिमा,अमेरिकी साम्राज्यवाद मूर्दावाद,एमसीसी खारेज गरलगायत चर्को नारा लगाएका थिए ।
त्यसपछि तीन जनाको फोटो टाँसिएको पुत्लामा आगो झोसिएको बताइन्छ । विद्यार्थीहरुले त्यसो गरुन्जेल प्रहरी नपुगेको र पुगि सकेपछि आन्दोलनकारिहरु तितरबितर भैसकेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।<>p