Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिना सुचना ९० दिन बढी बिदा स्वीकृति गरेको भन्दै त्रि.बि. द्वारा स्पष्टीकरण माग। [सूचनासहित]

बिना सुचना ९० दिन बढी बिदा स्वीकृति गरेको भन्दै त्रि.बि. द्वारा स्पष्टीकरण माग। [सूचनासहित]

  • 629
    SHARES

  • बिना सुचना ९० दिन बढी बिदा स्वीकृति गरेको भन्दै त्रि.बि. द्वारा स्पष्टीकरण माग। [सूचनासहित]

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरले बिना सुचना ९० दिन बढी बिदा स्वीकृति गरेको भन्दै स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित गरेको छ । बिदा स्वीकृति नगराइ बिना सूचना आफू कार्यरत क्याम्पस / कार्यलय९० दिन बढी अनुपस्थित भै आचरण बिपरित काम गरेको भन्दै स्पष्टीकरण माग गरेको हो।

    बिश्वबिद्धालयको रजिस्ट्रार कार्यलय द्वारा जारी सूचनामा भनिएको छ, ‘त्रि.वि. अन्तर्गतका तपसिल बमोजिमका निकायहरुमा कार्यरत देहायका शिक्षक, कर्मचारीहरु आफ्नो विदा स्वीकृत नगराई बिना सूचना आफू कार्यरत क्याम्पस÷कार्यालयमा ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित भई आफ्नो कर्तव्यमा लापरवाही गरी आचरण विपरित कार्य गरेको हुँदा त्रि.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को दफा ८४(१) छ को आधारमा सोही नियमको दफा ८२(ख) १ बमोजिम सजाय किन नगर्ने ?

    सो सम्बन्धमा १५ दिनभित्र आ–आफ्नो स्पष्टीकरण पेश गर्न हुन त्रि.वि.कार्यकारी परिषदको मिति २०७८÷०४÷२१ को निर्णय नं. ९६५ र मिति २०७८।५।१७ को निर्णय नं. १०२४ को निर्णयानुसार सूचित गरिन्छ ।’

    यस्तो छ त्रिभुवन बिश्वबिद्धालयको रजिस्ट्रार कार्यलय द्वारा जारी गरिएको सुचना

    Screenshot_20210912-102747_Facebook.jpg

    images
    आइतवार, भाद्र २७ २०७८१०:५६:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार