Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परिक्षा आजदेखि शुरू ।

कक्षा १२ को परिक्षा आजदेखि शुरू ।

  • 508
    SHARES

  • कक्षा १२ को परिक्षा आजदेखि शुरू ।

    पटकपटक स्थगित भएको कक्षा १२ को परीक्षा शुरू हुने भएको छ । यस अघि राष्ट्रिय परीक्षा बोर्डले दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । बोर्डका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परिक्षा बिहान ११:०० बजे देखि २:०० बजे सम्म हुने बताइएको छ।

    परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । यसअघि अर्थात  परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

    आजबाट शुरु हुने परीक्षा होमसेन्टर मै हुने छ। देशैभरि ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको राष्ट्रिय परिक्षा बोर्डले बताएको छ।

    परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, पाँच सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३ र २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य बोर्डले जानकारी दियो।

    बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए ।उनका अनुसार बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।

    कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको पौडेलको भनाइ छ । नियमित परीक्षा सकेलगत्तै अर्को सूचना जारी गरी एकपटकका लागि परीक्षा दिने व्यवस्था गरेको पौडेलले बताए ।

    यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ । आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिए। यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ । 

     

    images
    बुधवार, भाद्र ३० २०७८०८:२४:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार