बिहिवार, भाद्र ३१ २०७८
काठ- त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक रुपमा पठनपाठन सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्रिवि कार्यकारी परिषद्को गत २७ गते गरेको निर्णय अनुसार सम्पुर्ण बिभाग, कलेज, स्कुल भौतिक उपस्थिति मा संचालन गर्न बिश्वबिद्धालय रजिस्ट्रारको कार्यलय सुचना तथा जनसम्पर्क महासाखा द्वारा सूचना जारिगरिएको हो।
बिश्वबिद्धालयले आफ्नो मातहतका निकायलाइ स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
यद्यपि भौतिक उपस्थितिमा संचालन गर्न क्याम्पस, विभाग र स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड कडाइ पुर्वक पालना गर्नुपर्ने जनाएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिङ- १९ संक्रमणको जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवम् सर्तकर्ता अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
