Jul 27 2026 | २०८३, श्रावण ११ गते

नतिजा प्रकाशन नगरेको भन्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन ।

नतिजा प्रकाशन नगरेको भन्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन ।

  • 461
    SHARES

  • नतिजा प्रकाशन नगरेको भन्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन ।

    काठमाडौ - २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परिक्षार्थीहरुले लोकसेवा आयोग अगाडि प्रदर्शन गरेका छन । तत्काल नतिजा प्रकाशनको माग गर्दै ६३१ जना परिक्षार्थिहरुले  लोकसेवा आयोगको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

    लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको साटो नतिजा उल्टो स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो काम भएको बताउँदै उनीहरुले गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न नतिजा प्रकाशन गरिनुपर्नेमा जोड दिए ।

    प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको आरोप लगाए ।

    आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको उनको आरोप थियो ।  

    उनिहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको बताए । आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको उनीहरुको गुनासो छ ।

     

    images
    सोमवार, आश्विन ४ २०७८०१:३८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार