सोमवार, आश्विन ४ २०७८
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चलिरहेको समयमा हलमा मर्यादा विपरीत अनुसाशन उल्लंघन गर्ने विद्यार्थीको परिक्षा रद्द गर्न सक्ने बताएको छ। उत्तरपुस्तिका लागायत अन्य पक्षको भिडियो (टिकटक) बनाउने विद्यार्थीको सबै परीक्षा रद्द हुनसक्ने जनाएको हो।
बोर्डले एक सूचना जारी गरी परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा यस्तो कार्य सामाजिक सञ्जालमा भेटिएको हुनाले उक्त घटना प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको र यस प्रकारका अमर्यादित कार्य नगर्नु र नगराउनु हुन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
भदौ ३० गतेदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिननै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको त्यस पश्चात् समेत विभिन्न अमर्यादित भिडियो हरु सार्वजनिक भैरहेका छन।
