Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयले विवरण नपठाउँदा तथ्यांक संकलन गर्न अफ्ट्यारो।

विद्यालयले विवरण नपठाउँदा तथ्यांक संकलन गर्न अफ्ट्यारो।

  • 461
    SHARES

  • विद्यालयले विवरण नपठाउँदा तथ्यांक संकलन गर्न अफ्ट्यारो।

    काठमाडौं - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिएको निर्देशन अनुसार विद्यालयहरुले विवरण नपठाउदा विद्यार्थी तथा शिक्षकको तथ्यांक संकलन गर्न अफ्ट्यारो परेको छ। केन्द्रले पटकपटक ताकेता गर्दा समेत बिद्यालयले नटेर्दा विद्यार्थी तथा शिक्षकको संख्या एकिन गर्न अफ्ट्यारो भएको हो।

    केन्द्रका अनुसार ३५ हजार ६७४ विद्यालयमध्ये हालसम्म करिब २५ हजार विद्यालयले मात्रै विवरण पठाएको केन्द्रका तथ्यांक शाखा प्रमुख रामचन्द्र शर्माले जानकारी दिए । केन्द्रले स्थानीय तहका शिक्षा समन्वय इकाईलाई विवरण भर्न ताकेता गर्न निर्देशन दिएको र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई पनि इमेल, एसएमएस गरेर विवरण गर्न खबर गरेको शर्माले बताए ।

    शैक्षिक सत्र असार १ गतेदेखि शुरु भएको भए पनि विभिन्न प्राविधिक कारणले गर्दा साउन मसान्तसम्म विवरण पठाउन विद्यालयलाई समयावधि दिएको थियो । तर विभिन्न प्राकृतिक प्रकोपका कारण कतिपय विद्यालयको भवन नै बगाएको, जोखिममा परेको लगायतका कारण भदौ मसान्तसम्म समयावधि थप गरेको थियो ।

    तर पटक–पटक थप गरिएको समयमा पनि विवरण नपठाएपछि केन्द्रले विवरण नपठाउने विद्यालयको सूची सार्वजनिक गर्दै विवरण पठाउन निर्देशन दिने केन्द्रले तयारी गरेको छ । शर्माले भन्छन्, ‘हामीले विद्यालयलाई विवरण पठाउन ताकेता गर्ने हो त्यो गरिरहेका छौं । नपठाएपछि नामावली सूची सार्वजनिक गर्ने तयारीमा जुटेका हौं ।’

    विवरण नपठाउने विद्यालयको सूची तयार गर्न शुरु गरेको तर प्राविधिक कारणले ढिलाइ भइरहेको उनले बताए । विवरण प्राप्त नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको विद्यालयहरुले दाबी गरिरहेको भएपनि यकिन गर्न नसकिएको शर्माले बताए ।

     

    images
    बुधवार, आश्विन ६ २०७८०६:४८:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार