Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिनमा MBBS गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न्सिप मिलाउन निर्देशन ।

चिनमा MBBS गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न्सिप मिलाउन निर्देशन ।

  • 497
    SHARES

  • चिनमा MBBS गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न्सिप मिलाउन निर्देशन ।

    काठमाडौ - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले २०१६ मा चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

    आइतबार समितिको बैठकले सन् २०१५ र २०१६ मा एमबीबीएस गरेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई निर्देशन दिएको हो।

    यसअघि सन् २०१४ मा चीनबाट एमबीबीएस उत्तीर्ण गरेका १ सय ६५ विद्यार्थीहरुले नेपालमानै इन्टर्नसिप गर्न पाउने भएका छन्। बाँकी थपको सन्दर्भमा भने अन्योल कायमै छ।

    बैठकमा समितिका सदस्यले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए।

    समितिका सदस्य एवम पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिन भित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरुलाई मिलाउन सरकारलाई दवाव समेत दिए।

    संसदीय शिक्षा तथा स्वास्थ समितिले गरेका निर्णय यस्तो छन।

    Screenshot_20210926-191020_Facebook.jpg

    images
    आइतवार, आश्विन १० २०७८०७:१८:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार