सोमवार, आश्विन ११ २०७८
पोखरा- योजना तथा कार्यक्रम महासाखा पोखरा विश्वविद्यालयले आफ्नो मातहतका सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा सूचना जारी गरेको छ।
विश्वविद्यालयले मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र नविकरण गर्न सूचना प्रकाशित गरेको हो।
बिश्वबिद्धालयले बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर वा नवीकरण फाइल विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः pu.planning@pu.edu.np मा अपलोड गरि पठाउनु हुन समेत सूचित गरिएको छ ।
पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ को नियम ५ को उपनियम ३ (१) बमोजिम अस्थायी सम्बन्धन प्रदान गरि सन्चालनमा रहेका कार्यक्रम र समूहहरुको लागि प्रत्येक पाँच पाँच वर्षमा विश्वविद्यालयबाट तोकिएको शुल्क लिई नविकरण गर्दै जाने विश्वविद्यालयको नीति अनुरूप यो सूचना जारी गरिएको छ ।
तर कुनै पनि कलेजले पाँच वर्ष सञ्चालन अवधि नपुगेका कार्यक्रम र समूहहरूको नविकरणका लागि भने हाललाई निवेदन दिनु नपर्ने र सोही अनुसारको विश्वविद्यालयमा रकम जम्मा गर्नु नपर्ने समेत जानकारी गराईन्छ ।