Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रपति भन्नुहुन्छ, नेपालको शिक्षा भगवान भरोसे ।

राष्ट्रपति भन्नुहुन्छ, नेपालको शिक्षा भगवान भरोसे ।

  • 735
    SHARES

  • राष्ट्रपति भन्नुहुन्छ, नेपालको शिक्षा भगवान भरोसे ।

    काठमाडौ - नेपालको शिक्षा र त्यसको नीति बारे थुप्रै बहस र छलफल हुनेगरेका छन्। आ-आफ्नो दृष्टिकोणहरु प्रस्तुत गर्ने र व्यबहारत: कार्य नगर्नु यो संबंधित निकाय, ब्यक्ति र सरोकार वालाहरुको निरन्तरता नै बनेको छ।

    यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा ‘भगवान भरोसे’ भएको बताएकी छिन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) आवद्ध शिक्षा पत्रकारहरुसँग आजको छलफलमा उनले भनिन्, “यो कुर्सीमा बसेर मैले यस्तो भन्न मिल्दैन होला तर वास्तविकता यही हो ।”

    राष्ट्रपतिले बोल्दा आफ्नो अधिकांश समय नेपालको शिक्षा क्षेत्रमा झाँगिदै गएका विकृतिका बारेमा बोल्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय शिक्षा नीति बनाउनुपर्नेमा जोड दिइन। उनले भनिन्, “देशको शिक्षा नीति कस्तो हुनुपर्ने हो भन्ने बारेमा सोच्ने बेला आइसकेको छ ।” त्यसैगरी शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले सङ्घीय शिक्षा ऐन आवश्यक भएको उल्लेख गरिन् ।

    राष्ट्रपति भण्डारीले नयाँ राष्ट्रिय शिक्षा नीति तयार गरेर पालिका, प्रदेश र सङ्घको जिम्मेवारी तथा भूमिका स्पष्ट गरिनुपर्दछ भन्दै थपिन्, “पालिकामा एक जना शिक्षा अधिकारी खटाइएको छ, उनले अनुगमन गर्न सकेका छैनन् ।

    विगतमा क्षेत्रीय शिक्षा निर्देशक, जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक र प्रधानाध्यापकको चेन अफ कमाण्ड थियो । अब त्यो चेन अफ कमाण्ड भत्किएको छ । त्यसले कक्षाकोठाको सिकाइ राम्रो हुन सक्दैन ।”

    उनले सार्वजनिक शिक्षामा सरकारको लगानी आवश्यकताअनुसार भएको प्रसङ्ग उल्लेख गर्दै लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताइन् ।

    राष्ट्रपतिले “देशभरि ३५ हजार विद्यालय छन् तर एक सयभन्दा बढी विद्यार्थी नभएका थुप्रै विद्यालय छन् भन्दै कतिपय विद्यालयमा शिक्षक बढी छन् तर विद्यार्थी नभएको र त्यहाँ स्रोतको दुरुपयोग भइरहेको समेत बताइ।

    विद्यार्थी कम भएका विद्यालयमा राम्रो संरचना निर्माण गर्ने वा आवासीय व्यवस्था गरेमा विद्यार्थीको आकर्षण बढ्नसक्ने बताउदै शिक्षामा राज्यको अर्जुन दृष्टि हुनुपर्ने कुरामा जोड दिइन् ।

    राष्ट्रपतिले विदेशमा शिक्षा आर्जन गर्ने विद्यार्थीबाट बर्सेनि अर्बाैँ रुपियाँ विदेशिएको र ती विद्यार्थीको नागरिक हक भएकाले उनीहरुलाई विदेश जानबाट रोक्न नमिल्ने बताउँदै विदेशमा उपलब्ध हुने स्तरको शिक्षा नेपालमै उपलब्ध हुन सके नेपाली विद्यार्थी विदेश जानबाट रोकिने बताइन् ।

    कार्यक्रममा शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारीले कर्मचारी समायोजनले शिक्षामा पारेको प्रभावका बारेमा, सल्लाहकार ईश्वरराज ढकालले राष्ट्रपति शैक्षिक सुधारमा देखिएको समस्याका बारेमा, सल्लाहकार गणेश राईले मातृभाषा शिक्षाका बारेमा, सल्लाहकार रुबी रौनियारले प्रदेश २ को शैक्षिक अवस्थाका बारेमा, सल्लाहकार भवानीश्वर गौतमले उच्च शिक्षामा झाँगिदै गएको समस्याका बारेमा, महासचिव विनोद घिमिरेले सङ्घीय शिक्षा ऐन नआउँदा शिक्षामा परेको प्रभावका बारेमा धारणा राखेका थिए ।

    त्यस्तै इजोनका कोषाध्यक्ष रवीचन्द्र पराजुलीले निजी शिक्षाको प्रभावका बारेमा, सदस्य रुपेश आचार्यले सामुदायिक शिक्षामा देखिएको समस्याका बारेमा र सदस्य लवराज ओलीले छात्रा शिक्षामा देखिएका समस्याका बारेमा बोलेका थिए । 

     

    images
    सोमवार, आश्विन ११ २०७८०८:२५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार