Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुई जना विद्यार्थीमा कोभिड देखिपछी स्याङ्जामा पुन: बिद्यालय बन्द !

दुई जना विद्यार्थीमा कोभिड देखिपछी स्याङ्जामा पुन: बिद्यालय बन्द !

  • 429
    SHARES

  • दुई जना विद्यार्थीमा कोभिड देखिपछी स्याङ्जामा पुन: बिद्यालय बन्द !

    स्याङ्जा- दुई जना विद्यार्थीलाइ कोरोना सङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको मोहमी माध्यमिक विद्यालय तीन दिनका लागि  बन्द गरिएको छ ।

    चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

    विद्यार्थीमा कोरोना सङ्क्रमण देखिए पछि लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै फेरि बन्द गरिएको हो ।

    अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक बस्ताकोटीले बताए ।

     

    images
    बुधवार, आश्विन १३ २०७८०८:४४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार