Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षकको जिल्ला अन्तर सरुवा रोक्न शिक्षा तथा समन्वय इकाइलाइ निर्देशन।

शिक्षकको जिल्ला अन्तर सरुवा रोक्न शिक्षा तथा समन्वय इकाइलाइ निर्देशन।

  • 669
    SHARES

  • शिक्षकको जिल्ला अन्तर सरुवा रोक्न शिक्षा तथा समन्वय इकाइलाइ निर्देशन।

    काठमाडौं - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको एक जिल्लाबाट अर्को जिल्लामा (जिल्ला अन्तर) सरुवा रोक्का गर्न शिक्षा तथा समन्वय इकाइलाइ निर्देशन दिएको छ।

    शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनका लागि २०७८ चैत्र मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षकहरुको दरबन्दीको विवरण प्राप्त भई आयोमा पठाइसकिएका कारण रोक्का गर्न शिक्षा तथा समन्वय इकाईलाई निर्देशन दिएको हो ।

    केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको जनाएका छन् ।

    कोईरालाले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने बताएका छन् ।

    यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको थियो । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको थियो ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार