बुधवार, आश्विन १३ २०७८
चिकित्सा शिक्षा आयोग द्वारा शैक्षिक सत्र २०२१ र २२ का लागि पाकिस्तान सरकार बाट प्राप्त छात्रवृत्तिमा पढ्न १२ जनाको नाम प्रकाशित भएको छ ।
आयोगले एक सूचना जारी गर्दै १२ जनाको नाम छनोट गरेको जनाएको छ। जसमध्ये खुल्लामा सात, मधेशी, खस आरिय, महिला, दलित, आदिवासी जनजाति तर्फ एक–एक छनोट भएका छन्।
चिकित्सा शिक्षा आयोगले भदौ १७ गते पाकिस्तानको टेक्निकल एसिस्टेन्स कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडिएस तथा डिरफर्मा विषयमा छात्रवृत्तिमा पढ्न आवेदन मागेको थियो।
