शुक्रवार, आश्विन १५ २०७८
काठमाडौ- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै क्लिनिकल अभ्यासका लागि नविकरण गर्न निवेदन माग गरेको हो।
नविकरण गर्न आउने नर्सिङ क्याम्पसले नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद् युनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र प्रोग्राम र विद्यार्थी संख्या खुलाइ निवदेन दिन आग्रह गरेको छ।
त्यसैगरी म्याद समाप्त भए पश्चात आएको निवेदन दर्ता नगरीने समेत अस्पतालले जनाएको छ।
