शुक्रवार, आश्विन १५ २०७८
कालीकोट, असोज १५ गते । कोरोना जोखिमका कारण लामो समय वन्द भएका बिद्यालय वल्लतल्ल खुले पनि शिक्षकहरु को अनुपस्थितीका कारण विद्यार्थी भने पढ्न पाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्देशन दिए लगत्तै गत भदौ १ गतेवाट सञ्चालनमा आएका बिद्यालयमा विद्यार्थी आएपनी शिक्षक भने विभिन्न कारण देखाउदै अनुपस्थित हुने गरेको बताइएको छ ।
श्रोतका अनुसार बिद्यालय जान नपाएका बिद्यार्थी खुशि हुदै बिद्यालय जान थाले, तर विद्यालयमा शिक्षक नआउँदा विद्यार्थी निराश छन् ।
तिलागुफा नगरपालिका ७ कान्छीवाडामा रहेको महावै आधारभुत बिद्यालयका प्रअ दिपवहादुर शाही स्थानीय निर्वाचन २०७४ मा वडा अध्यक्षमा निर्वाचन लड्नुभएको थियो । शिक्षकवाट राजिनाम दिएको गाउँलेलाई भनेपनि अहिले महावै आधारभुत बिद्यालयको प्रअ उहाँ कायमै रहनुभएको छ ।
काँग्रेस सम्वद्ध नेपाल शिक्षक संघका नेता शाही गाउँदेखि जिल्ला अधिवेशनका लागि दौडधुपमै समय व्यतित गरिरहनुभएको शिक्षकहरुको गुनासो छ । प्रअ शाहीले आफु निजि श्रोतको शिक्षक भएकाले चुनाव लड्दा राजिनामा दिन नपर्ने वताउनुभयो । काम बिषेशले सदरमुकाम मान्ममा भएकाले विद्यालयमा अनुपस्थित रहेको उहाँले बताउनुभयो ।
तिलागुफा नगरपालिका ७ मा रहेको कालिका माविका शिक्षक विरामी परेपछि उपचारका लागि आफू सदरमुकाममा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
शिक्षक राजेन्द्र वहादुर रावत पनि आन्तरिक कामले मान्ममा रहेको प्रअ शाहीले वताउनुभयो । अरुको कारण नखुलाए पनि प्रअ शाहले बिद्यालयमा हाल जनकवहादुर शाही मात्र उपस्थित रहनुभएको बताउनुभयो । प्राबिका चार जना शिक्षक मध्य तीन जना वाहिर रहनुभएकाले विद्यालयमा पठनपाठन प्रभावित भएको उहाँको भनाई छ ।
कालीका माविका ब्यवस्थापन समितिका अध्यक्ष नैनवहादुर शाहीले यसभन्दा अगाडिको अध्यक्ष नेत्रवहादुर रावत रहेको र आफु अध्यक्ष भएको चार महिनामात्र भएकाले सुधारको प्रयास भइरहेको बताउनुभयो ।
बिद्यालयमा कार्यरत शिक्षकहरु अधिकांश स्थानीय राजनीतिक काममा व्यस्त रहनुभएकाले विद्यालयको पठन पाठनमा समस्या हुँदै आएको स्थानीय अभिभावकको गुनासो रहँदै आएको छ ।
कालिकोट मात्रै होइन देशै भरी सार्वजनिक शिक्षा खस्किनुको प्रमुख कारण पबि शिक्षक हरुकै लापरबाही हुनेगरेको सरोकार वाला बिज्ञहरु बताउछन। बिद्यालय शिक्षा अर्थात सार्वजनिक शिक्ष को स्तर उन्नती र दक्ष जनशक्ति को आवश्यकता पुर्ती गर्न सबैले पहल गरौ।