शुक्रवार, आश्विन १५ २०७८
काठमाडौँ : कुनैबेला सडक बाघको रुपमा चिनिने विद्यार्थी आन्दोलन आज आत्यन्तै कमजोर बन्दै गएको अवस्था छ। विद्यार्थी संगठनहरु शैक्षिक तथा जनजिबिकाको एजेन्डा कम र राजनीति पार्टिको बिचार बढी बोक्ने भएर पनि विद्यार्थी आन्दोलन एकजुट हुन नसकेको बुझ्न सकिन्छ।
सार्वजनिक शिक्षाको स्तरउन्नति साथै शिक्षामा भएको निजीकरण, ब्यापारिकरण र महंगो शिक्षा विरुद्ध बोल्ने संगठनहरु विद्यार्थी र शिक्षाको बारे एउटै ठाउमा आवाज बुलन्द गर्न नसक्ने गरि छेद बिच्छेद भएका छन। यद्यपि विद्यार्थी आन्दोलन कसरी उठाउने र आज्को शिक्षा कस्तो हुने भन्ने बहस भने मन्द मन्द चली रहेको छ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले उद्घाटन गरेको राष्ट्रिय सम्मेलन असोज ६ देखि ९ सम्म चलेको र सम्मेलन बाट प्रकाश शाहिको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियू (क्रान्तिकारी) ले वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न सङ्घर्ष गर्ने य यसको लागि संघर्ष गर्ने बताएको छ।
२२ औँ राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरू सार्वजनिक गर्दै अखिल क्रान्तिकारीले वैज्ञानिक शिक्षा प्राप्त गर्न नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको भन्दै त्यसका लागि सङ्घर्ष गर्ने जनाएको हो ।
पत्रकार सम्मेलन मा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१ औँ राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए ।
उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र खुल्ला रुपमा शिक्षा को ब्यपार भैरहेको भन्दै अवको आन्दोलन शिक्षा को ब्यापारिकरण बिरुद्ध हुने बताए।
त्यसैगरि अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउँदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरूले मात्र लिइरहेको पनि आरोप लगाए ।
देशको विद्यमान शिक्षा क्षेत्रले सम्पूर्ण विद्यार्थीको भविष्य सुुनिश्चित् गर्न नसक्ने उनको ठहर छ । उनले दुर्गम क्षेत्रका विद्यार्थीहरूको पढाईको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे । उनले देश कोरोना सङ्कटबाट आक्रान्त बनेको बेला सङ्क्रमित सबै नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पूर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरे ।
त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सचिव विरेन्द्र शाहले मेडिकल शिक्षामा भएको बेतिथिको अन्त्य गरि सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तार गरी नेपाली प्रतिभा र पुँजी पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए । उनले पोखराको मणिपाल अस्पताललाई तत्काल राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
राष्ट्रियताको पक्षमा बोल्दै शाहले लिपुलेक लिम्पियाधुरा लगायतका देशैभरिका अतिक्रमित भूमि फिर्ता गरि सिमानामा काँडेतार लगाउन शाहले जोडदार माग गरे ।
त्यसैगरी नवनियुक्त उपाध्याक्ष नरेन्द्र विश्वकर्माले ‘विदेशीको हस्तक्षेपमा अब बस्न चाहादैनौँ शैक्षिक माफियाहरूलाई लुटको स्वर्गमा धावा बोल्नेलाई चेतावनी दिन चाहान्छु । अनुसन्धान गर्न विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्नेछ ।’ उनले राष्ट्रघाती एमसीसीको विरुद्ध सङ्घर्ष गर्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे ।
त्यस्तै, महासचिव मिलन राईले जनताको जनजिविकाको अवस्था अत्यन्त्यै कमजोर भएको भन्दै अझैपनि नेपालमा राजनीतिक आन्दोलन नभई सकेको बताए ।
महासचिव राइले विद्यार्थी आन्दोलन अहिलेको आवश्यकत्ता भएको जिकिर गरे । आफ्नो सङ्गठन विद्यार्थीहरूको निम्ति बलिदान गर्न र जेल बस्न पनि तयार रहेको उनको उद्घोष गरे ।पत्रकार सम्मेलनमा स्वागत मन्तव्य नवनियुक्त कोषाध्यक्ष रुपा बुढाले गरेकी थिइन् ।
त्यसैगरि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी को २२ औं राष्ट्रिय सम्मेलन पनि असोज १५ देखि शुरु भएको छ।
विद्यार्थी संगठन हरु शैक्षिक आवाज बुलन्द गर्ने र शिक्षा मा भएका बिकृती बिरुद लड्ने दस्ता बनोस शुभकामना ।
राजनिती बिट !