Jul 27 2026 | २०८३, श्रावण ११ गते

महांकालेश्वरी मा.बि. द्वारा विद्यार्थीलाई पोसाक बितरण ।

महांकालेश्वरी मा.बि. द्वारा विद्यार्थीलाई पोसाक बितरण ।

  • 844
    SHARES

  • महांकालेश्वरी मा.बि. द्वारा विद्यार्थीलाई पोसाक बितरण ।

    धादिङ्ग- धुनिवेसी नगरपालिका वडा नं. ०३ छापडाँडामा स्थित श्री महांकालेश्वोरी मा.बि. द्वारा विद्यार्थीलाई ट्र्याकसुट (पोशाक) बितरण गरेको छ। दशैको अवसरमा माहंकालेश्वरी मा.बि. बालक्लब द्वारा आयोजित बृहत सँस्कृतिक तथा शुभकामना कार्यक्रम आयोजना गर्दै बिद्यालयले ट्र्याकसुट बितरण गरेको हो।

    धुनिवेसी नगरपालिका अन्तर्गत वडा नम्बर ३ ले उपलब्ध गराएका ट्र्याकसुट बितरण गरिएको बताइएको छ। वडाले आफु मातहत रहेका विभिन्न बिद्यालयमा आवस्यकता हेरि शैक्षिक सामाग्री, पोसाक तथा झोला बितरण गरेको थियो।

    कार्यक्रममा सोही वडाका अध्यक्ष प्रकाश हमाल प्रमुख अतिथी रहेका थिए भने बिद्यालय ब्यबस्थापन का अध्यक्ष अच्युत सापकोटा र सोही बिद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद पौडेल लगाएत अथिती हरुको उपस्थिति थियो

    पोसाक बितरण कार्यक्रमका प्रमुख अतिथी तथा वडा अध्यक्ष प्रकाश हमालले निम्न जिवनस्तर भएका विद्यार्थी हरुको आवस्यकताका आधारमा विभिन्न सामुदायिक बिद्यालयमा सामाग्री बितरण गरे अनुरुप यस बिद्यालयमा पोसाक बितरण गरेको बताए। उनले सामुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीहरु को समस्या समाधानको लागि स्थानीय सरकार साथमा रहेको समेत बताए। अध्यक्ष हमालले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न व्यापक शैक्षिक बहस को आवस्यकता भएको बताए।

    त्यसैगरी पोसाक बितरण गर्दै बिद्यालयका प्रधानाध्यापक श्री राजेन्द्र प्रसाद पौडेलले पोसाकले विद्यार्थी लाई अनुसासित बनाउने बताउदै विद्यार्थी तथा अभिभावकहरु खुसी भएका रबताए। कार्यक्रम मा बोल्दै प्र.अ. पौडेलले आगामी दिनहरुमा समेत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री उपलब्ध गराउने बताएका थिए। कार्यक्रम कृष्ण बहादुर बजगाइले संचालन गरेको थियो र राममाया थपलियाले स्वागत मन्तव्य दिनुभएको थियो। 

     

    कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम हरु प्रस्तुति गरेको थियो।

    यस्तो छ तस्बिरमा कार्यक्रम।Screenshot_20211005-141224_Viber.jpg

    IMG-53e6fd2bf56cb0c7725c5dccb443bd55-V.jpgIMG-1e34864907ce403f7de3ac25eaf04a3a-V.jpgIMG-7fc1963058f75e3629ae73f8c3820ab3-V.jpg

    images
    मंगलवार, आश्विन १९ २०७८०२:२८:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार