बुधवार, आश्विन २० २०७८
नेपाल कम्युनिस्ट पार्टी बिप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भारत द्वारा अतिक्रमित भुमी कालापानी लिपुलेखमा जनगणना गर्न दवाब मुलक प्रदर्सन गरेको छ।
अखिल (क्रान्तिकारी) ले लिम्पियाधुरा, लिपुलेख र कालापानी स्थिति नाबी, कुटि र गुन्जीमा लगाएत क्षेत्रमा बसोबास गर्ने जनताहरुको जनगणना गर्न माग गर्दै माइती घर मण्डलामा दबाबमूलक विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा बोल्दै क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहिले अतिक्रमीत भुमी मा बसोबास गर्ने नेपाली जनतालाई जनगणनामा समेट्नु पर्ने र ती स्थानहरुमा राज्यले आफ्नो उपस्थिति जनाउनुपर्ने बताए। अध्यक्ष शाहिले भने 'सरकारले देशको सिमा र जनताको रक्षा गर्न सक्दैनभने अखिल (क्रान्तिकारी) गएर जनगणना गर्न तयार रहेको भन्दै सरकार लाई चुनौती समेत दिए।
विद्यार्थीहरुले हातमा प्लेकार्ड बोकेर नाबी, कुटि, गुन्जी लगाएत को जनगणना गर!, वैदेशिक हस्तक्षेप मुर्दावाद! भारतिय साम्राज्यवाद मुर्दावाद ! लगाएत भारत विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

