बिहिवार, आश्विन २१ २०७८
काठमाडौं - नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।
अनेरास्ववियुकि अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति मार्फत केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्सा बनाएको र त्यस क्षेत्रमा जनगणनामा गर्न माग सहित बिज्ञप्ति जारी गरेकी हुन्।
अनेरास्ववियुले बिज्ञप्तिमा भनेको छ, 'नेपालमा प्रत्येक दश बर्षमा गरिने जनगणना कार्य यतिबेला हुँदैछ । तर, पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्वपूर्ण कार्य गर्दा पनि बर्तमान सरकारले उक्त नेपाली भुमीमा गणकहरु समेत अहिले सम्म नपठाएको बिषय प्रती हाम्रो गम्भिर असहमती रहेको बताएको छ ।'
बिज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरु पठाउँदै हाम्रो नेपाली भु–भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोड्दार माग गरेको छ ।
त्यसैगरी अनेरास्ववियु ले सार्वजनिक यातायात मा भएको भाडा वृद्धिले जनता मार मा परेको भन्दै फिर्ता गर्न समेत बिज्ञप्तिमार्फत आग्रह गरेको छ।
यस्तो छ विज्ञप्तिको पुर्ण पाठ ।
