शनिवार, आश्विन २३ २०७८
काठमाडौ - नेपाल सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि ‘पढ्दै : कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
विद्यार्थीहरुलाइ लक्षित गरेर 'पढ्दै कमाउदै' कार्यक्रम ल्याइएको बताइएको छ।
नेपाल सरकारले युवा विद्यार्थीहरु को लागि ल्याउन लागेको 'पढ्दै कमाउदै' संचालन गर्ने भएपछि सर्बत्र चासोको दृस्ठि ले हेर्न थालिएको छ। सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको बताउदै मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास्का साथ यो कार्यक्रम ल्याउन आगेको बताइएको छ।
अर्थमन्त्री शर्माले हाम्रो विकासको मोडल समुदायमा आधारित हुनुपर्ने आवश्यक्ता रहेको औँल्याए कार्यक्रम ल्याइएको बताए। उनले भने, ‘अहिले म अर्थमन्त्री भएको वेला बढ्दै : कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने वेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ। त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्यो, हाम्रो शिक्षा समूदायमा आधारित शिक्षा उपयुक्त छ। शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो,’ ।
शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको उल्लेख गर्द शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । यो कार्यक्रमले देशमा भएको बेरोजगारी समस्याको समेत कम हुने उनको बिश्वास छ।