Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यालय प्रयोगशाला बनाउन १२ देखि १५ लाख अनुदान दिने।

बिद्यालय प्रयोगशाला बनाउन १२ देखि १५ लाख अनुदान दिने।

  • 474
    SHARES

  • बिद्यालय प्रयोगशाला बनाउन १२ देखि १५ लाख अनुदान दिने।

    काठमाडौं। वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्रयोगशाला बनाउन अनुदान दिने भएकोे छ। प्रयोगशाला निर्माणकालागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले १२ लाखदेखि १५ लाख रुपैयाँसम्म अनुदान दिने जनाएको हो।

    निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ। उक्त कार्यविधिअन्तर्गत विज्ञान प्रयोगशालाका लागि रु. १२ लाख र सूचना प्रविधिका लागि रु १५ लाख अनुदान दिने भएको छ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ। कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको योजना छ।

     

    images
    आइतवार, कार्तिक ७ २०७८०३:३१:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार