Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सरुवा आतंक। यौन प्रस्ताव देखि ५ लाख सम्म घुस। शिक्षिकालाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध उजुरी ।

शिक्षक सरुवा आतंक। यौन प्रस्ताव देखि ५ लाख सम्म घुस। शिक्षिकालाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध उजुरी ।

  • 1.8K
    SHARES

  • शिक्षक सरुवा आतंक। यौन प्रस्ताव देखि ५ लाख सम्म घुस। शिक्षिकालाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध उजुरी ।

    तनहुँ - शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल देखि यौन प्रस्ताव गर्ने दलालहरु सक्रिय भएको खुलासा भएको छ । स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै दलाल भएर यौन प्रस्ताव र आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको चाँजोपाँजो मिलाउनमा सक्रिय भएको भेटिएको हो।

    शिक्षक सरुवा गर्न दलालहरुले तहगत रुपमा दर रेट समेत कायम गरेको र शिक्षिकालाइ यौन प्रस्ताव सम्म राख्ने गरेको स्रोतको दावी छ।

    जानकारी अनुसार दलालहरुले मावि तहको सरुवा प्रक्रिया मिलाए चार लाख, निमाविको तिन लाख र प्राविको दुई लाख बुझ्ने गरेका छन् । शिक्षक सरुवा तथा नियुक्ति प्रक्रियामा आर्थिक चलखेल पुष्टि हुने थप आधार तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले समेत उजागर गरेकाछन ।

    असोज २० गते सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै इकाइ प्रमुख शर्माले लेखेका छन् ‘एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मावि शिक्षकले चार लाख बुुझाउनु पर्यो भन्दै गुनासो गर्नु भयो । आज अर्को जिल्लामा एक जना प्रावि शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो भन्दा डेढ लाखमा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भन्दा पालिकालाई पचास हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार । शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ।

    Screenshot_20211024-170938_Facebook.jpg

    शिक्षा समन्वय इकाई प्रमुख शर्माले शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थालेपछि कहिले होला सुधार भनेर प्रश्न समेत गरेका छन् । 

    शैक्षिक क्षेत्रमा प्रक्रियागत रुपमा हुने सरुवा तथा नियुक्तिमा यसरी दलालहरु हाबी भएको स्पष्ट भएपछि शिक्षा क्षेत्रसँग जोडिएका व्यक्तिहरुले विरोध गरिरहेका छन् । विधि र विधान विपरित दलालहरु हाबी भएपछि आम शिक्षकहरु चिन्तित र आक्रोशित भएका छन् । 

    रत्न माबी तनहुँका प्रधानाध्यापक रमेश भट्टराईले दलालहरुलाई लक्षित गर्दै लेखेका छन्, ‘शिक्षकको नेतृत्व गर्छु भन्ने भ्रष्टाचारमा डुबेको कुरा बाहिर संचार माध्यमबाट स्पष्ट आएको छ  र स्वयम् शिक्षा इकाइ प्रमुखले जानकारी गराउनु भएको छ । पत्रकार र इकाइ प्रमुख गलत बोलेका भए साबित गरेर कार्बाही गर नत्र सत्ताको आडमा नवराजालाई भ्रष्टाचारको सोमरस पिलाउने गरी कुनै छुट छैन ।’

    यसअघि शिक्षक सरुवा तथा नियुक्त गर्न दलाली गर्ने दलालहरुले महिला शिक्षकलाई सरुवा तथा नियुक्ती प्रक्रिया मिलाई दिन्छु भनेर फेसबुक च्याट मार्फत यौन प्रस्ताव समेत राख्ने गरेको सुचना नेपाल आज अनलाइनलाई प्राप्त भएको थियो।

    त्यसैगरि महिला शिक्षकलाइ सरुवा मिलाइ दिन्छु भन्दै सामाजिक संजालमा यौन प्रस्थाव राख्ने गरेको भेटिएको छ। शिक्षक नेया नै सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने गरेको भेटिएको हो।

    शिक्षिकालाइ सरुवा मिलाई दिन्छु भन्दै यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध उजुरी।

    Screenshot_20211024-171035_Facebook.jpg

    ‘हजुर र म भोली सेक्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध यौनहिंसाको उजुरी  परेको छ । ‘भोली सेक्स गर्नी है’ भन्दै यौन प्रस्ताव राख्ने यौन पिपासु शिक्षक नेता अब भने कानुनी दायरामा आउने भएकाछन् । यौन प्रस्ताव राख्ने शिक्षक नेताविरुद्ध यौन हिंसाको उजुरी परेसँगै उनको ‘भोली सेक्स गर्ने’ सेक्स-व्रतपनि तुसारापात भएको छ ।

    Screenshot_20211024-171255_Facebook.jpg

    सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध शुक्रबार पिडित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौनहिंसा सम्बन्धि उजुरी दिएकीछन् ।

    महिला शिक्षकलाई सरुवा मिलाई दिन्छु भनेर यौन प्रस्ताव राखेको आरोप लागेका व्यक्ति तनहुँ व्यास नगरपालिका २ को बाल मन्दिर माबीका शिक्षक पदम खनाल हुन् । खनाल नेपाल शिक्षक संघको तनहुँ जिल्ला सचिव समेत हुन् ।

     खनालले सरुवा मिलाईदिन्छु भनेर ‘हजुर र म भोली सेक्स गर्नी है’ लेखेको म्यासेज सार्वजनिक भएपछि विगतमा आर्थिक चलखेल तथा अनैतिक यौन क्रियाकलापका आधारमा शिक्षक सरुवा हुने गरेको तथ्य समेत पुष्टि भएको छ ।

     

     

     

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार