बुधवार, कार्तिक १० २०७८
काठमाडौं, कात्तिक १० - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि शुल्क लिएका सबै शैक्षिक संस्थाहरुलाई अविलम्ब कारवाहीसहित बढि लिएको रकम संबन्धित विद्यार्थीहरुलाई फिर्ता गर्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतकै चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बिपरीत विभिन्न शिर्षकमा मनोमानी रुपमा विद्यार्थीहरुबाट बढि शुल्क उठाउने काम गरिरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले यस्तो माग गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिति २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क वृद्धि गरेकोमा गम्भिर ध्यानार्कषण भएको जनाएको हो । यस सम्बन्धमा प्रर्याप्त प्रमाणसहित विद्यार्थीहरुले पटक-पटक चिकित्सा शिक्षा आयोग, डिन कार्यालय लगायतका सरोकारवाला निकायहरुमा छानविन र कारबाहीको लागी निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन गर्ने र दोषीलाई कारवाही गर्नुको साटो उल्टै फाईदा हुने काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ती समेत सदैव क्रियाशील रहेको संगठन हो ।
नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको त्रिभुवन विश्वविद्यालय जहाँ लाखौ लाख गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुले अध्ययन गर्दछन जसमा सरकारले बर्षेनी करोडौंको बजेट विनियोजन गदर्छ। तर विडम्बना त्रिभुवन विश्वविद्यालय अन्तरगतकै चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बिपरीत विभिन्न शिर्षकमा मनोमानी रुपमा विद्यार्थीहरुबाट बढि शुल्क उठाउने काम गरिरहेको र सो सम्बन्धमा प्रयाप्त प्रमाण सहित विद्यार्थीहरुले पटक—पटक चिकित्सा शिक्षा आयोग, डिन कार्यालय लगाएतका सरोकारवाला निकायहरुमा छानविन र कारबाहीको लागी निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन गर्ने र दोषीलाई कारवाही गर्नुको साटो उल्टै चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिती २०७८÷०७÷०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क बृद्घि गरेको छ जस प्रति हाम्रो संगठनको गम्भिर ध्यानार्कषण भएको छ ।
हामी कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि हुने गरी विद्यार्थीहरुबाट शुल्क उठाउने कुराको साक्षी रहन सक्दैनौ । त्यसैले हालै मात्र चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगंजले गरेको शुल्क बृद्घि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि शुल्क लिएका सबै शैक्षिक संस्थाहरुलाई अविलम्ब कारवाही सहित बढि लिएको रकम संबन्धित विद्यार्थीहरुलाई फिर्ता गर्न जोडदार माग गर्दर्छौ। अन्यथा पिडित विद्यार्थीहरुको न्यायका पक्षमा हामी कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौ र जसबाट उत्पन्न हुने परिणामको जिम्बेवारी स्वयम् चिकित्सा शिक्षा अध्ययन संस्थान हुनेछ ।
हार्दिक अभिवादन सहित !
