बिहिवार, कार्तिक ११ २०७८
सुर्खेतको सिम्तामा विद्यालयका प्रधानाध्यापक नै एमालेका वडा अधिवेशनको कार्यकारी नेतृत्वमा बसेका छन् । राजनीति खिचातानी र दाउपेचका कारण शिक्षण संस्था धराशायी भैरहेको अवस्थामा बिद्यालय प्रधानाध्यापक राजनीतिक पार्टिको कार्यकारी पदमा निर्वाचित भएका हुन।
विद्यालयका प्रधानाध्यापक शिक्षा ऐन अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बस्न पाउने अधिकार नभएपनी त्यहाँ धमाधम विद्यालयका शिक्षक नै एमालेको कार्यकारी नेतृत्वमा बसेका हुन् ।
स्थायी दरबन्दीमा कार्यरत शिक्षक सुर्खेत सिम्ता गाउँपालीका वडा नं.१ नेकपा एमाले वडा कमीटी अध्यक्ष शुभलाल शर्मा,वडा नं. ४ का वडा कमीटि अध्यक्ष शंकर खड्का, सचिव बिर्ख बहादुर महतारा, वडा नम्बर ६ का सचिब लोकेन्द्र पुन, वडा नं. ७ वडा कमीटी अध्यक्ष नवीन के. सी र वडा नं. ८ वडा कमीटी अध्यक्ष हस्त बहादुर चन्द शिक्षक हुन ।
यद्यपि शिक्षकहरु धमाधम कार्यकारि पदमा वसे पछि त्यसको चौतर्फी विरोध सुरु भएको छ ।
शिक्षा ऐेनको दफा १६ ङ ९५ ०मा भएको ब्यबस्था अनुसार उनिहरुलाइ कानुनी कारवाहि गर्न माग गरिएको छ । राजनीति वा शिक्षण पेसामध्य एक पद रोज्न दवाव सुरु भएको छ ।
सुर्खेतमा एमालेको सिम्ता गाउँपालिका वडा नं ४ को वडा अधिवेशनबाट वडा कमिटी अध्यक्षमा श्री लक्ष्मी प्राथामिक विद्यालयका प्रधानाध्यापक शंकर खड्का र वडा सचिवमा बागेश्वरी प्राविका प्धानाध्यापक बिर्ख बहादुर महतारालाइ सर्बसम्मत मनोनयन गरे पछि विरोध सुरु भएको छ ।<प>