Jul 27 2026 | २०८३, श्रावण ११ गते

कर्णाली प्रदेश सरकारले जारी गर्‍यो लोकसेवा सम्बन्धी अध्यादेश ।

कर्णाली प्रदेश सरकारले जारी गर्‍यो लोकसेवा सम्बन्धी अध्यादेश ।

  • 397
    SHARES

  • कर्णाली प्रदेश सरकारले जारी गर्‍यो  लोकसेवा सम्बन्धी अध्यादेश ।

    कर्णाली । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोक सेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

    प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम हिजो (मङ्गलबार) प्रदेश लोक सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् ।

    प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

    प्रदेश लोक सेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दा समेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।

     

    images
    शुक्रवार, कार्तिक १२ २०७८०८:३३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार