Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनकपुरमा प्रअलाई दुर्व्यवहार गर्ने सिके राउतका कार्यकर्ता नभै विद्यार्थी हुन्: प्रहरी ।

जनकपुरमा प्रअलाई दुर्व्यवहार गर्ने सिके राउतका कार्यकर्ता नभै विद्यार्थी हुन्: प्रहरी ।

  • 541
    SHARES

  • जनकपुरमा प्रअलाई दुर्व्यवहार गर्ने सिके राउतका कार्यकर्ता नभै विद्यार्थी हुन्: प्रहरी ।

    जनकपुरधाम : सिके राउतका कार्यकर्ताले धनुषामा एक प्राध्यानाध्यापकलाई कालोमोसो दलेर चप्पलले पिटेको खबर झुठो भएको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले बताएका छन्।

    जनकपुरधाम- धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले नभइ सोही बिद्यालयका विद्यार्थीले कालोमोसो दलेर चप्पल प्रहार गरेको प्रहरी उपरीक्षक रजौरेले बताएका छन।

    यसअघि शुक्रबार बिहान करिब साढे ११ बजे प्रध्यानाध्यापक साहलाई केही व्यक्तिले कालोमोसो दलेर चप्पलले प्रहार गरेको भिडियो भाइरल बनेपछि सञ्चारमाध्यममा सिके राउतका कार्यकर्ताले दुर्व्यवहार गरेको समाचार प्रकाशन भएको थियो।

    प्रहरी का अनुसार चप्पल प्राहार गर्ने सिके राउतका कार्यकर्ता भन्ने समाचारमा बिल्कुल सत्यता छैन। यो विद्यार्थी र प्रध्यानाध्यापक बीचको विवादलाई लिएर भएको घटना हो, प्र.अ. हाम्रो सम्पर्कमा आइसकेको छन्, हामी अनुसन्धान गर्दैछौं ।  

    प्रहरि उपरीक्षकले भने सिके राउतको कार्यकर्ताले दुर्व्यवहार गरेको समाचार बिल्कुल गलत हो, ‘भिडियो र फोटोमा प्रष्ट रुपमा देख्न सक्नुहुन्छ कि विद्यार्थीको पोशाकमा रहेका व्यक्तिले मोटरसाइकलमा चढेका प्राध्यानाध्यापकलाई कालोमोसो दलेर लखेटेको हो। यसअघि सिके राउतका कार्यकर्ता द्वारा प्र.अ. माथी दुर्ववहार शिर्षकमा यो समचार अन्नपूर्ण अनलाइन मा प्रकाशित भएको थियो।

    त्यसैगरी सिके राउतका कार्यकर्ता संजय साहले सञ्चारकर्मीलाई फोन गरेर चन्द्रकान्त (सिके) राउतका कुनै कार्यकर्ताले कुनै प्राध्यानाध्यापकलाई दुर्व्यवहार नगरेको दावी गरे। उनले भने, ‘सञ्चारमाध्यममा कसरी समाचार आयो, हामी आफैँ आश्चर्यमा छौं तर यो प्राध्यानाध्यापक माथि सिके राउतको कार्यकर्ताले दुर्व्यवहार गरेको छैन, सञ्चार माध्यममा आएको समाचार बिल्कुल गलत हो।’

     

    images
    शुक्रवार, कार्तिक १२ २०७८०७:२९:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार