शनिवार, कार्तिक १३ २०७८
काठमाडौं - नेपाल सरकार चिकित्सा शिक्षा आयोग मापदण्ड तथा प्रत्यायम निर्देशनालयले अध्यायन अनुमतिपत्र सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ।
नेपाल स्वास्थ्य सम्बन्धी बिषयगत परिषदमा (काउन्सिल) दर्स्ता हुने बिषय अध्यायनका लागि बिदेश जान चाहने विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रबेश परिक्षा उत्तीर्ण गरि अध्यायन अनुमतिपत्र लिएर मात्रै बिदेश जान पाइने जानकारी दिएको छ।
अनुमतिपत्र लिदा विद्यार्थी स्वयम् र निजको अभिभावक को समेत परिचय खुल्ने गरि अक्तियारिनामा का आधारमा मात्र उपलब्ध गराइने बताइएको छ।
अनुमानिपत्रका लागि अनलाइन आवेदन फारम भर्न आयोगको वेबसाईट https://eligibility.mec.gov.np मा गएर लगइन गरि भर्म सकिने जनाइएको छ।
