सोमवार, कार्तिक १५ २०७८
काठमाडौ - शिक्षा तथा मानव बिकास केन्द्रले अबिरल बर्षाका कारण क्षति पुगेको बिद्यालयको विवरण माग गरेको छ। सुदूरपश्चिम लगाएत देशैभरी परेको अविरल बर्षाको कारण शैक्षिक क्षेत्रमा भएको नोक्सानीको बारे शिक्षा तथा मानव बिकास केन्द्रले क्षतिको विवरण माग गरेको हो।
केन्द्रले ७५३ वटै स्थानिय निकायलाई एक सूचना जारी गर्दै बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको हो ।
कार्तिक १४ गते एक सुचना जारी गर्दै केन्द्रले आफ्नो स्थानीय तह भित्र पुर्ण रुपमा क्षति पुगेका बिद्यालयको नाम, कक्षा कोठा संख्या IEMIS कोड नंम्बर र आंशिक रुपमा पुगेको क्षतिको विवरण माग गरेको छ।
कार्तिकमा परेको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम लगाएत देशै भरी शैक्षिक संस्था हरुमा नोक्सानी पुर्याएको थियो। 